अब विदेश जाने छटपटाहट छोडौँ, नेपाललाई स्वर्ग बनाउन जुटौँ : राष्ट्रपति पौडेल

२०८१ माघ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन् ।

तनहुँको व्यास नगरपालिका -८ पुलिमराङमा  रहेको सहिद पार्कमा पुगेर सहिदहरूको सालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले भने, ‘सहिदहरूको ठुलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । अब विदेश जाने छटपटाहट छोडौँ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौँ ।’

उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने पनि बताए ।

राष्ट्रपति  पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको सालिकमा माल्यार्पण गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय