आलोकनगरमा चार दलीय समाजवादी मोर्चाको बैठक

२०८१ माघ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ माघ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको बुझिएको छ ।

यसअघि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदललाई विगतको समीक्षा र भावी योजना बनाउन कार्यदेश दिइएको थियो ।

गत साउन १ गते १५ दिनको समयभित्र प्रतिवेदन बनाएर बुझाउन कार्यदललाई भनिएको थियो । तर उक्त समयसीमा पार भएको ६ महिना हुन लाग्दा पनि कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय