काठमाडौं,१६ माघ । बिफक्याप नेपालले नेपालमै पहिलोपटक National Finance Championship : Promoting Financial Literacy through a Gamified Learning Approach नामक एक अन्तरसंस्थागत हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दैछ ।
उक्त कार्यक्रममा क, ख, ग, घ वर्गका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गैर– बैंक तथा वित्तीय संस्थाहरु, इस्योरेन्स, फिनटेक, रेमिटेन्स लगायत संस्थाहरुको सहभागीता हुँदैछ । यस कार्यक्रम नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय साक्षरता फ्रेमवर्कभित्र रहेर सञ्चालन गरिने आयोजक बिफक्याप नेपालले जनाएको छ ।
आयोजक संस्था बिफक्यापका अनुसार यस कार्यक्रमको उद्देश्य नेपालको शिक्षा प्रणाली र यसलाई विभिन्न प्रतियोगतामार्फत सिकाइ र भोगाईलाई प्रवद्धन गर्दै वित्तीय साक्षरतालाई उकासदै लैजाने हो । यो कार्यक्रमले समाजमा रहेका समाजिक वित्तीय चुनौतीहरू, समानता र नैतिक व्यापार अभ्यास जस्ता वर्तमान समस्याहरू समाधान गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वका रणनीतिहरूलाई परिचालन गर्ने अवसर प्रदान गर्ने बिफक्याप नेपालले जानकारी दिएको छ ।
बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुमा उद्यम गर्ने हजारौं युवाहरुमाझ विभिन्न सीपमुलक कार्यक्रमहरु, मानव विकास, क्षमता अभिवृद्धि जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ । साथसाथै विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु एवंम वित्तीय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक सांसदहरुमाझ वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रुपमा पनि बिफक्याप नेपाल परिचित छ ।