रुपन्देही, २२ माघ। रुपन्देहीको तिलोत्तमामा आयोजित एक विशेष समारोहमा तिलोत्तमा जेसीजको १३ औं पदस्थापन समारोह बुटवलका प्रतिष्ठीत डा. नन्दु पाठकलाई मेडिकल हिरो अर्वाड प्रदान गरिएको छ ।
तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रममा उहाँलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि उच्च सम्मानका साथ यो अवार्ड प्रदान गरिएको हो ।
तिलोत्तमा जेसीजले वार्षिक सम्मान कार्यक्रम अन्तर्गत चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई दिने चिकित्सा नायक पुरस्कार (मेडिकल हिरो अवार्ड) यस वर्ष डा. पाठकलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
उक्त सम्मान समारोहमा तिलोत्तमा जेसीजका अध्यक्ष महेश पौडेल, पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितमा डा. पाठकलाई दोसल्ला ओढाइदिँदै अवार्ड हस्तान्तरण गर्नुभएकाे थियाे ।
डा. पाठकको दीर्घकालीन सेवा, समर्पण र चिकित्सा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको तिलोत्तमा जेसीज वर्ष २०२४ का अध्यक्ष महेश पौडेलले जानकारी दिनुभयो ।