जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई पदम गिरीकाे सुझाव

२०८१ माघ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ माघ ।  नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गिरीले माओवादी अध्यक्ष प्रचण्डले सदनमा तथ्यहिन ढंगले सरकारमाथि आरोप लगाएको भन्दै जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई सुझाव दिनुभएको हो ।

विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर प्रधानमन्त्रीको बद्नाम गर्न खोजिएको उहाले बताउनुभयो ।

गिरीले बजारको हल्लाका आधारमा प्रधानमन्त्रीबिरुद्ध अनुसन्धान गर्ने भए क्यान्टनमेन्टको पैसा दुबईका बैंकमा, अमेरिकाको बैंकमा रहेका बिषयमा रहेको बिषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राख्नुभयो ।

सदनमा प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवालो छर्ने काम गरेको भन्दै सडकमा बोल्ने मान्छेले जसरी प्रस्तुत नहुने प्रचण्डलाई सुझाव दिनुभयो ।

उहाले अध्यादेशका बिषयमा पनि भ्रम छर्ने काम भएको भन्दै प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको बिषयलाई नभुल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय