स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रिय कार्यालय स्थापना

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ओम प्रकाश पोख्रेल

स्याङ्जा,माघ २३। जिल्ला प्रशासन कार्यालय स्याङ्जा द्वारा जारी स्वास्थ्य मापदण्डको परिधिभित्र रहदै बिश्वभर छरीएर रहनुभएका सर्म्पुण स्याङ्जाबासीहरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रिय कार्यालय स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार १ स्याङ्जा बजारमा स्थापना भएको छ।

संस्थाका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता एबम स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का माननीय नारायण प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा समाजका सस्थापक अध्यक्ष एबम सामाजिक ब्याक्तित्व अनन्त कुमार श्रेष्ठ , प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ संस्थापक सदस्य एबम बौद्धिक ब्याक्तित्व पत्रकार ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका प्रमुख रमेश गोदार समाजका अग्रज ब्याक्तित्व सल्लाहकार कार्यसमितिका पदाधिकारी लगायतको उपस्थितिमा एक कार्यक्रमका साथ उद्दघाटन समारोह सम्पन्न भयो। कार्यक्रम कै दौरानमा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिको एक करोड बराबरको अक्षय कोष निर्माण तथा संस्थाको आफ्नै भवन निर्माण गर्ने भन्ने बिषयमा कार्यक्रमका प्रमुख अतिथी माननीय सभासद नारायण मरासिनीले आफ्नो तर्फबाट आवश्यक आर्थिक तथा कानुनी पहल सहित सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो।

कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष भोला पौडेल , सचिब मीन क्षेत्री , कोषाध्यक्ष खगेन्द्र गैह्रे, सहकोषाध्यक्ष धर्म पराजुली महिला संयोजक निर्मला तिवारी युवा संयोजक ओमकार पोख्रेल कार्यसमिती सदस्य चिरिन्जिवी ढकाल, पदेन सदस्य अजामत अली सल्लाहकार धनन्जय लम्साल, भेषराज पराजुली, हरीप्रसाद अर्याल, मोहन खनाल लगायत करिब २५ जनाको उपस्थिती रहेको थियो भने औपचारीक कार्यक्रमको सन्चालन संस्थाका सचिब मीन क्षेत्रीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय