स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिकाे बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

२०८१ फाल्गुन १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १८ फागुन। काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ ।  सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार