काठमाडौं, २४ माघ । पछिल्लो चौबिस घण्टामा देशभर १,५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।
कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो । बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।