विराटनगर, ३ चैत । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०:४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिनुभयाे।
एम्बुलेन्स दुर्घटनामा परेको चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो। इन्स्पेक्टर लम्सालका अनुसार अस्पताल पु¥याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेकाे हाे।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उहाँले बताउनुभयाे। उहाँका अनुसार एम्बुलेन्स कहाँबाट कहाँ गएको थियो भन्ने खुल्न सकेको छैन।