नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

२०८१ चैत्र ५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,५ चैत । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हाे ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारिता लगायतको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार