काठमाडौं,२६ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताउनुभएको छ ।
मंगलबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताउनुभयो । पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उहाले बताउनुभयो । उहाले राष्ट्रपति भएपछि राजनीतिबाट विदा हुनुपर्ने भएकाले आफुले यसअघि सो पद स्वीकार नगरेको जिकिर गर्नुभयो । उहाले भारतले राजसंस्था पुनस्र्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समिक्षा गर्दै आवश्यक संसोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गर्नुभयो ।