गोताखोरले निकाल्यो नारायणीमा डुबेका दिदी-भाइको शव

२०८१ चैत्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ चैत । नारायणीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दिदी-भाइको शव बुधबार फेला परेको छ।

मंगलबार दिउँसो पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा नुहाउन गएका स्थानीय १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा डुबेर बेपत्ता भएका थिए।

उनीहरुको खोजीमा परिचालन भएको सशस्त्रको गोताखोर टोलीले बुधबार शव फेला पारेको हो।

सशस्त्र प्रहरीका  सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गोताखोरको टोलीले स्वप्निलको शव बिहान ११:३० बजे  र दिक्षा सेर्पुञ्जाको शव दिउँसो १२:३० बजे निकालेको हो ।

उनीहरूको शव प्रहरीको जिम्मा लगाएको छ। प्रहरीले पोष्टमर्टमको प्रक्रिया अगाडि बढाएर शव परिवारको जिम्मा लगाउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय