सभामुख घिमिरे नेतृत्वको टोली स्वदेश फर्किए

२०८१ चैत्र २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ चैत । अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभामा सहभागी भइ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

उज्बेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो । स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने बिषयमा सभा केन्द्रीत रहेको बताउनुभयो । जलवायु परिवर्तनलाई नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बिषय समेत आफुले सभामा उठान गरेको उहाले बताउनुभयो ।

त्यस्तै सभामुख घिमिरेले असङ्लग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असङ्लग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको जानकारी दिनुभयो ।

विश्व समूदायमा नेपालले आकर्षण ढंगले आफ्नो उपस्थीति जनाएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय