नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवन सिङ गुरुङ विजयी

२०८१ चैत्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,३० चैत । नेपाल बैदेशिक रोजगार व्यबसायी संघको अध्यक्षमा भुवन सिङ गुरुङ विजयी हुनुभएको छ । शुक्रबार गुरुङका अध्यक्षमा उम्मेदवारहरु विजयी हुनुभएको हो ।

बैदेशिक रोजगार व्यवसायी संघको प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ ,द्वितिय उपाध्यक्ष देव कुमार खोखाली , तृतीय उपाध्यक्षमा बैकुण्ठ प्रसाद पौडेल बिजयी हुनुभएको छ ।

महा सचिवमा महेश कुमार बस्नेत ,सचिवमा कुन्छा दोर्जे डिमडुङग र कोषाध्यक्ष धनमाया सिंजाली रहनुभएको छ ।

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेलका आधारमा बनेको प्यानलबाट अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालले ६१ मत कम ३६७ मत प्राप्त गर्नुभएकाे छ ।

 प्रथम उपाध्यक्ष सुजित कुमार  श्रेष्ठले ३७५ मत प्राप्त गर्दा गुरूङ प्यानलका प्रथम उपाध्यक्षमा उम्मेदवार नोकरी नेपालका संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरे । सो पदमा प्रतिश्पर्धा गरेका अख्तर हुसेनले १०१ मत प्राप्त गर्नभयाे।

द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिजका संचालक देवकुमार खोखाली ४०२ मत प्राप्त गरि विजयी हुनुभएकाे छ ।  भने उहाँका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले ३७८ मत प्राप्त गर्नुभयाे ।

तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी हुनुभयाे । पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिसका संचालक हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गर्नुभयाे। महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्टका संचालक महेशकुमार बस्नेत ४२३ मत ल्याई विजयी भए । प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ३६२ मत प्राप्त गर्नुभयाे ।

आकृति रिक्रुटिङका संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे दिमदोङ ३७४ मत ल्याई सचिवमा विजयी हुनुभयाे । पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ३११ र स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गर्नुभयाे ।

कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनमाया सिंजालीले ४२८ पाइन् भने पराजित गुरूङ समूहका उम्मेद्वार शुभ हारती म्यानपावरका सञ्चालक बिक्रम श्रेष्ठ ३५७ मत प्राप्त गर्नुभयाे ।

यस्तै कार्यसमिति सदस्य पदमा रिजा ओभरसिजकी संचालिका रेखा शर्माले ४४७, इगल मेनपावर कन्सल्टेन्टका सञ्चालक कृष्ण ढकालले ४४२, युनिभर्सल एच.आर. सोलुसनका संचालक भरत सापकोटाले ४३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४२७, रसुवा ओभरसिजका संचालक सुवर्ण लामाले ४०९, विनर एचआर शोलुशनकी सञ्चालक हिमा गुरूङले ३४९, रियो ओभरसिजकी सञ्चालक रमा खड्काले ३८८, हिमालयन भ्याली नेपालका संचालक देवीप्रसाद गिरीले ३७७, इम्पेरियल ओभरसिजकी संचालक विद्यालक्ष्मी बज्राचार्य ३५३ र सेक्युर नेपाल जबका संचालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि बिजयी हुनुभयाे ।

सदस्यमा पराजित उम्मेद्वारहरुमा ग्रोथ प्रोसेस इन्टरनेसनल इप्लोइमेन्टका संचालक राजेन्द्र बस्नेतले ३४१, माउन्टेन ग्रुपका संचालक देउमान नेम्बाङले ३३५, सिल्भर कर्नर ओभरसिजका संचालक कैलाश पाठक ३२२, उज्यालो ओभरसिजका संचालक चन्द्र लिम्बूले ३०८, सिगल ओभरसिजका संचालक छत्र बस्नेतले २९४, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्टका संचालक दीपककुमार रायले २७०, आयुश ओभरसिजका संचालक कामेश्वर साह राहुलले २५०, गल्फ एसिया म्यानपावरका संचालक राजेश यादवले २४१, गल्फ इम्पायर ओभरसिजका संचालक दिनेश बस्नेत २३४ र डेस्टिनी ह्युमन रिसोर्सका संचालक युवराज देवकोटाले २२७ मत प्राप्त गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय