नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शन

२०८१ चैत्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै , ३० चैत। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतिघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् । नाचगानसहित उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ । आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्ताल समेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय