यी प्रदेशहरुमा आज हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना

२०८२ बैशाख ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ वैशाख । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।

मौसमविद बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक–दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।

वैशाख ५ गते शुक्रबारको दिन कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।

मधेश, गण्डकी र लुम्बिनी प्रदेश भरी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

अहिले मसुरो र गहुँ काट्ने बेला भएकाले पानी पर्ने सम्भावना भएका ठाउँहरुमा अहिले बाली नकाट्न पनि मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय