मकवानपुर, ४ वैशाख । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवमापुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
आगलागीबाट त्यसबाट गाडी पूर्ण रूपमा जलेको छ । सो घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।