राप्रपालाई गृहको चेतावनी- भोलिको प्रदर्शनमा अराजकता भए कारबाही हुन्छ

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ वैशाख । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेत गराएको छ । राप्रपाले भोलि (आइतबार) बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएको छ ।

त्यसतर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ ।

संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ ।

‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय