काठमाडौं, ८ वैशाख । नेपाली काङ्ग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थानीले संविधान बनाउनभन्दा धेरै समय लागेको बताउँदै ध्यानाकर्षण गराएका हुन् । ‘संविधान बनाउनभन्दा बढी समय निजामती एन बनाउन लाग्यो । यो ठिक भइरहेको छैन’, सांसद थानीले भने ।
संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ ।
प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष पुग्न लागेको छ ।
अब भने विधेयक धेरै समयसम्म समितिमा राख्न नहुने थानीले बताए । कुलिङ पिरियडसहित मिल्न बाँकी विषयहरूमाथि समितिमा छलफल जारी छ । थानीले आफू कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने उनले राय दिए ।