देखिने गरी संसदमा प्रस्तुत हुन सांसदहरूलाई प्रचण्डको निर्देशन

२०८२ बैशाख ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा देखिने गरी प्रस्तुत हुन सांसदहरूलाई निर्देश गरेका छन् ।

‘जनतासँग माओवादी जागरण अभियान’का क्रममा नागरिकले उठाएका विषय र सरकारको कामकारबाहीलाई नजिकबाट नियालेर प्रस्तुत हुनुपर्ने उनको आग्रह छ ।

संघीय संसदको वर्षे अधिवेशन शुक्रबारबाठ सुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा माओवादीको संसदीय दलको बैठक बसेको थियो । जहाँ अध्यक्ष प्रचण्डले सडक र सदन दुवैतिर आफूहरू सशक्त हुन आवश्यक रहेको बताए ।

‘अभियानका क्रममा जनताले जुन खालको अपेक्षा र विश्वास व्यक्त गरेका छन् । जनताका ती आवजलाइ संसदमा ठीक ढंगले लैजाने’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले भने ।

पार्टीको मूल नीति सदन, सडक र सरकार तिन वटैबाट जनताको आवाज उठाउने रहेको उल्लेख गर्दै उनले संघीय सरकारमा नरहेकाले संसद र सडकको सदुपयोग गर्नुपर्ने बताए ।

तथापि, १२३ वटा स्थानीय सरकार माओवादीको नेतृत्वमा रहेकाले त्यहाँबाट पनि समाजवादको आधार तयार पार्नका लागि काम गर्ने नीति रहेको उनले सुनाए ।

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको अआएको थियो । यो अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय