काठमाडौं, ११ वैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
पन्तलाई प्रधानमन्त्रीले वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।