काठमाडौं, ११ वैशाख । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
शनिबार दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको हो ।
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ ।
अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।