खानेपानी मन्त्रीलाई मातहतका कर्मचारीको ७ करोड भ्रष्टाचारको आरोप, ज्यानको सुरक्षाको माग गर्दै गृहमा निवेदन

२०८२ बैशाख १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,१५ बैशाख । प्रशासकीय अधिकृत हुँदा करारमा राखिएका ८० कर्मचारी एकैपटक निकालेर कुटाइ खाएका इन्जिनियर दिपेन्द्र कुमार शाहले फेरि खानेपानी मन्त्री बाट असुरक्षित भएको भन्दै गृह मन्त्रालय गुहारेका छन् ।

करारमा कर्मचारी धेरै राख्नु भनेको भ्रष्टाचार गर्नु हो भन्दै प्रशासकीय अधिकृत भएको समयमा विदेह नगरपालिकाका ८० कर्मचारी एकैपटक दर्खास्ती गरेपछि चर्चामा आएका शाहले अहिले खानेपानी मन्त्री प्रदीप यादवलाई भ्रष्टाचारको आरोप लगाउदै बर्खास्तीको माग गर्नुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका तत्कालिन कार्यवाहक आयोजना प्रमुखको रूपमा कार्यरत साहले खानेपानी मन्त्री प्रदीप यादवमाथि व्यक्तिगत स्वार्थका लागि आयोजना अवरुद्ध गरेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बैशाख ११ गते उजुरी दिनुभएको थियो । मन्त्री यादवलाई निलम्बन गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्दै उजुरी दिएपछि आफू माथी सुरक्षाको खतरा बढेको भन्दै साहले गृह मन्त्रालय समक्ष सुरक्षाको माग गर्नुभएको छ । सुरक्षाको माग गर्दै साहले आइतबार गृह मन्त्रालयमा निवेदन दिनुभएको हो ।

मन्त्रीको कथित अनियमितता छानबिन गर्न र खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न चार बुँदे माग सहित उहाँले प्रधानमन्त्री कार्यालयमा निवेदन दिनुभएको हो ।

साहले मन्त्री यादवले आफ्ना निकट व्यक्ति एजाज बाबु राँकीमार्फत ७ करोडको डिप बोरिङलगायतका कार्यमा व्यक्तिगत लाभ लिएको आरोप लगाएका लगाउनु भएको छ । उहाँले यो विषयमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय