स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा विश्वभरि प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रता माथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन पनि प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। सन् १९९१ मा युनेस्को को साधारण सम्मेलनको छब्बिसौं सत्रमा अनुमोदन गरिएको सिफारिस पछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । यो सन् १९९१ मा ऐतिहासिक विन्डहक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस प्रेस स्वतन्त्रता दिवस हो । सरकारले प्रेस माथिको अधिकार स्वतन्त्रता कार्यान्वयन गर्न नभुलोस र प्रेसले पनि सत्य तथ्य निष्पक्ष रुपमा आफ्नो जिम्मेवारी बहन गर्न सकोस् र अघि बढ्न प्रेरणा मिलोस् भन्ने भाब सहित हाल सम्म ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरू सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै आवश्यक छ। प्रेस स्वतन्त्रता ले शासन प्रणालीलाई पारदर्शी बनाउन उत्तरदायी र जिम्मेवारी बहन गराउन मा पनि सम्बन्धित निकायलाई मार्गदर्शक गर्दछ। त्यसैगरी पत्रकारिता राष्ट्रको चौथो अङ्ग भए पनि सम्बधित निकायलाई खबरदारी गर्न गराउन एउटा महत्त्वपूर्ण पक्षको रुपमा रहेको छ र रहनु आवश्यक पनि छ। प्रेस जगत जति सत्य सबल निष्पक्ष र तटस्थ रहन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ। यसको लागि एक अर्का बीच खवरदारी समझदारी पनि उत्तिकै आवश्यक छ।
नेपाल मा निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य सर्वविदितै छ। त्यसैले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि सत्यता अनिवार्य सर्त हो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ पनि हो। त्यसैले नेपाली प्रेसले विविध आन्दोलन देखि परिवर्तन र लोकतन्त्रका लागि भएका आन्दोलन हरूमा धेरै ठूलो योगदान र भूमिका निभाएको छ। सबै प्रकारका सूचनामा जनताको पहुँच हुनुपर्छ र सरकारले पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो।
सूचना सङ्कलन देखि त्यसलाई प्रवाह गर्ने प्रक्रिया सम्म निष्पक्ष रुपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो । बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरू माथि सबै नागरिकको सहज पहुँच पुर्याउन मद्धत गर्दछ । त्यसै गरी सञ्चारमाध्यमबाट सबै वर्ग समुदायको आवाज बुलन्द गर्न पनि सहज रहन्छ । समाजमा विभिन्न समय मा बिबिध खालका अफवाह हरू फैलन सक्छन् । यस्ता अफवाह का कारण नागरिकहरू मा भ्रम सृजना हुने गर्दछन । यसको लागि पत्रकारिताको माध्यमबाट सही विचार लाई प्राथमिकतामा राखेर समस्या नहुने गरी स्वतन्त्र पत्रकारिताले सत्य तथ्य निष्पक्ष तवरमा अन्वेषण सहित समाजमा सही सत्य र विश्वसनिय सूचना सम्प्रेषण गर्न जोड दिनु असली पत्रकारिता को जिम्मेवारी हो।
सरकार लाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मरण गराउन र प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका विषय हरुका बारेमा सञ्चारकर्मी हरू बिच प्रतिबिम्बित गर्ने दिन पनि हो। जनताको सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणमा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरे पनि बलियो नयाँ विश्वमा साहसी पत्रकारिता प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव भन्ने नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाइए को छ। हाम्रो संविधान पूर्ण प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति को प्रत्याभूत गरिएको भनिएको छ तर नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता माथि ७३ वटा घटना भएको पाइएको छ। त्यसैले कागज मा सिमित नराखी स्वतन्त्रता र जिम्मेवारी बहन हुने र समाज मा देखिने गरी निष्पक्ष तवरमा छानबिन सहित कार्यान्वयन गर्नु जरुरी पनि छ।
विविध निकायले हक अधिकार सुनिश्चित गर्दै गर्दा आन्दोलन मा होमिएका बेला त्यहा भएका घटना का विषयमा रिपोर्टिङ गर्दा पारदर्शी रुपमा रहेका पत्रकार माथि आक्रमण हुनु दुःखद विषय हो । शिक्षक आन्दोलनमा पनि शिक्षक आन्दोलन का बिरुद्द राज्यले प्रतिकार गर्दा पत्रकार माथि आँखामा समस्या भएको छ। सरकार पनि आन्दोलनरत पक्षसँग हात पात सहित र आन्दोलन कर्ता पनि क्षति पुर्याउने उद्देश्य सहित नभई आफ्ना माग लाई जोड दिँदै आवश्यकीय कदम अघि बढाउँदा राम्रो हुन्छ त्यस माथि विरोध गरी आन्दोलन आतंकित बनाउनु दुवै पक्षको कमजोरी हो । यी यस्ता विषय मा संयमता अपनाउनु जरुरी छ।
विश्व प्रेस स्वतन्त्रता दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चितता लाई केन्द्रमा राखेको पाइएको छ भने त्यही अनुसार कार्यान्वयन गर्दै अघि बढ्नु सरकारको कर्तव्य र जिम्मेवारी पनि रहेको छ।
नेपाल पत्रकार महासंघले ूनया विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताू भन्ने नारा सहित काठमाण्डौमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रत्नपार्क शान्ति वाटीका बाट शुरू भइ भृकुटी मण्डप मा पुगी सभामा परिणत भएको हो। त्यसै गरी नेपाल पत्रकार महासंघ स्याङ्जाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरुका लागि स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा नसर्ने रोग आखा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सहितको स्वास्थ्य शिविर राखिएको थियो। शिविरमा २४ जना पत्रकारहरु को स्वास्थ्य परिक्षण मध्य १४ पुरुष र १० महिला पत्रकार रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पूजा खड्का