सभापति देउवाको उपस्थितिमा स्व.खगेन्द्र को प्रथम स्मृति सभा

२०८२ जेष्ठ १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,९ जेठ । नेपाली काङ्ग्रेस स्याङ्जाका पुर्व जिल्ला सभापति स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृति सभा काठमाडौमा हुने भएको छ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सनिवार बसुन्धराको गोधुली फुडल्याण्डमा बिहान ८ बजे सभा हुन लागेको नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितीका सभापति देवि प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ, रेग्मीका क्लासमेट नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौला, पुर्व उपसभापति गोपालमान श्रेष्ठ,प्रदेश उपसभापति मेखलाल श्रेष्ठ,जिल्ला सभापति राजु थापा लगायत नेपाली काङ्ग्रेस स्याङ्जाका नेता तथा कार्यकर्ताको उपस्थिति रहने अर्यालले जानकारी दिनुभयो ।

द्वन्द्वको समयमा माओवादीले घरमै गएर गोलि हानेर मृत्यु घोषणा गरेका रेग्मी पछी उपचार जिवित हुनुभएको थियो । त्यहीँ गोलि लागेको ठाँउबाट क्यान्सर उत्पन्न भएपछि उहाँको मृत्यु भएको थियो । राजनैतिक क्षेत्रमा मात्रै नभएर शैक्षिक,आर्थिक क्षेत्रमा पनि उत्तिकै अब्बल रेग्मी मुक्तिनाथ विकास बैंकका सस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ राष्ट्रियसभा सदस्य समेत हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय