रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक

२०८२ जेष्ठ ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले  सचिवालय  र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।

शुक्रबार राति अदालतले लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिकाबारे छलफल गर्न रास्वपाले सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाएको थियो ।

सोही बैठकले आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको हो । त्यस्तै भोलि आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय