जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवाग्राहीको सहजताको लागि विद्धुतीय टोकन सिस्टमको व्यवस्था

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ जेठ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ । भिडभाड नियन्त्रण र सेवा प्रवाह सहज बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

विद्युतीय टोकन प्रणाली विगत एक महिना देखि राष्ट्रिय परिचयपत्रको लागि मात्र राखिएको र राष्ट्रिय परिचयपत्रमा फोटो खिचाउन र नया परिचयपत्र सेवाग्राही लाई वितरण गर्नको लागि व्यवस्था गरिएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । उहाँले आउँदो दिनमा प्रशासनको आवश्यकता हेरिकन बाकी शाखा नागरिकता र पासपोर्ट को लागि पनि टोकन सिस्टमको व्यवस्था गरिने जानकारी दिनुभयो । यसले गर्दा सेवा ग्राहीको रुपमा सहभागि आम नागरिकलाई सेवा प्रबाहमा सहज हुने भीडभाड गर्नु नपर्ने सहायक प्र जि अ पौडेलले बताउनुभयो।

सेवाग्राहीलाई बिना झन्झट प्रभावकारी ढंगले सेवा लिन पाउने व्यवस्था गरेकाले यसलाई सधैं कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रहसमेत गरेको पौडेलले बताउनु भयो। उहाँले सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि मात्र नभई टोकन सिस्टम प्रशासनले प्रवाह गर्ने अन्य सेवाहरुमा पनि बिस्तार गर्नुपर्ने आग्रह गर्नुभएको जनाउँदै यसलाई आवश्यकता अनुसार व्यवस्थित बनाउँदै लगिने पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार