काठमाडौ,२५ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति,पुर्वमन्त्री धनराज गुरुङले महान ब्याक्तीले कहिल्यै पनि आशा नगर्ने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार आयोजित नेपाल प्रजातन्त्र सेनानी स्वा.हेमराज अधिकारी (शास्त्री) को १३ औ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले त्याग र तपस्याको मुल्य नहुने भन्दै महान ब्याक्तीले त्याग तपस्याको कहिल्यै मुल्य नखोज्ने बताउनुभयो ।
स्वर्गीय शास्त्रीको सम्झना गर्दै पुर्वमन्त्री गुरुङले उहाँ जस्तै महान योद्धाका कारण पार्टी आज यो स्थानमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “शास्त्री जस्तै योद्धाका कारण पार्टी आज यो स्थानमा छ त्यसैले उहाँहरुलाई कहिल्यै भुल्न सकिदैन ।”
प्राप्तिका लागि योगदान नगरिएपनी पार्टी भित्र उचित व्यवस्थापन भने आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “कसैलाई भारी बिसाउन नपाउदै पदको भारी कसैले भने जिबनभर केही नपाउने ।”
काङ्ग्रेस सुन्दर बनाउन सके मात्र महान योद्धा सहिद सहिदहरुको योगदान पुरा हुने भन्दै पुर्व मन्त्री गुरुङले नेपाली काङ्ग्रेस पार्टी सुन्दर बनाउन लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।