अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

२०८२ जेष्ठ २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२६ जेठ । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरु हातमा बोरा र प्लास्टिकका झोला बोकेर काठमाडौं आइपुगेका छन् ।

अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले ती नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उहाँहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेकामा ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय