राष्ट्रिय वाणिज्य बैंकको थप १० शाखा सञ्चालनमा

२०८२ जेष्ठ २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२६ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकैसाथ देशका विभिन्न १० स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको छ। शाखा विस्तारसँगै बैंकको समग्र शाखा संख्या ३०७ पुगेको छ।

बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौँको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा कार्यालय स्थापना गरी नयाँ स्थानहरूमा कारोबार सुरु गरेको हो। यी शाखाहरूले स्थानीयवासीलाई आधुनिक, सरल र छिटो सेवा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ।

हाल बैंकका सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ शाखा कार्यालय, ३१२ एटीएम सेवा र ७३ एक्स्टेन्सन काउन्टर रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय