बागमती प्रदेश सर्वदलीय बैठक फागुन १६ गते प्रदेशसभा बैठक बस्ने

२०७८ फाल्गुन ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर, ४ फागुन । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको नवौँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।

सोही बैठकको निर्णयअनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

उहाँका अनुसार कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकका लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ । गठबन्धन सरकारले सिफारिस गरेअनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय