कास्की, २५ असार । गण्डकी प्रदेशमा अवदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा भएका छन् । गण्डकी प्रदेश सभाको मगंलबारको बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गरेसंगै यी दुवै भाषा सरकारी कामकाजमा थपिएका हुन् ।
गण्डकी प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिबृद्धि गरी बहुजातिय र बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्न भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

