गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्छु : प्रधानमन्त्री ओली

२०८२ असार ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौंमा भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गर्दै सवै नागरिकलाई गुणस्तरीय र सुलभरुपमा स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभएको हो । उहाले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेको उल्लेख गर्नुभयो । सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिनुपर्ने उहाको भनाइ छ । उहाले तीन हजार वर्षभन्दा ऋषि सुश्रुतले सर्जरी गरेको दृष्टान्त रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा भाटभटेनीका संचालक मीनबहादुर गुरुङले सामाजिक काममा अग्रपङ्तीमा रहेर काम गर्ने बताउनुभयो । उहाले आफुले गरेको सहयोगमा कुनै स्वार्थ नरहेको बताउनुभयो ।

सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभयो । भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय