लक्ष्मण पाठक
जापान ,३० असार । यहीँ जुलाई २० मा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि सुभाष लामिछाने अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
११ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर थुप्रै काम गर्नुभएका हालका उपाध्यक्ष लामिछाने एनआरएनए जापानको १२औं महाधिवेशनबाट चयन हुने २०२५/२०२७ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो । जुलाई १२ शनिबार टोकियोमा एक कार्यक्रमको आयोजना गरी उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।


“समावेशिता, जवाफदेहिता र कार्यक्षमता — यी तीन स्तम्भमा टेकेर म एनआरएनए जापानलाई अघि बढाउने छु।” उहाँको प्रतिबद्धता छ । उहाँले संस्थामा सशक्त संरचना, नयाँ पुस्ताको सहभागिता, र व्यवस्थापन सुधारलाई प्राथमिकता दिने बताउनु भएको छ ।
लामिछाने को हुन ?
जापानमा सन् २०११ देखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका लामिछाने केवल व्यवसायमा मात्र नभई, सामाजिक सेवामा पनि समर्पण देखाउँदै आउनु भएको छ ।
पर्वत समाज जापानको अध्यक्ष समेत बन्नु भएका उहाँ एनआरएनए जापानको प्रवक्ता भएर पनि काम गरीसक्नु भएको छ ।