कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा

२०७८ फाल्गुन ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर, ९ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । पूर्वसांसद प्रसैलाले संस्थापन पक्ष विभाजित अवस्थामा रहेकाले आफू सभापतिमा जित्ने दाबी गर्नुभयो ।

यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट दीपक यादव र विमलेन्द्र निधी समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय