राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित

२०८२ श्रावण २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२३ साउन। राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले बाँधको बिषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकता अनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताउनुभयो । जलको सदूपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उदेश्यले सरकारले विधेयक ल्याएको उहाको भनाइ छ ।

नेपालमा जलश्रोतको उपयोग, बिकास तथा संरक्षण मार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलश्रोतको उत्पादकत्व बृद्धि गर्न यस ऐनको महत्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय