पाठ्यक्रममा सन्दीपको जीवनी,बाल्यकालमा ‘सन्दे कान्छा’ उपनाम (भिडियाे सहित)

२०८२ श्रावण २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२६ साउन । विश्व क्रिकेटमा चम्किनु भएका सन्दीप लामिछानेको जन्मभूमिमा पाठ्यक्रममा जीवनी समेटिएको छ ।

लामिछानेको सम्झनामा क्रिकेट मैदान नै बनाएको अर्जुनचौपारी गाउँपालिकाले हाम्रो अर्जुनचौपारीको पाठ्यक्रममा जीवनी समेटएको हो ।

कक्षा–४ को पहिलो पाठ सन्दीप लामिछोनमा पालिका अध्यक्ष प्रकाश तिवारीले लामिछनेको बारेमा लेख्नु भएको हो । अर्जुनचौपारी गाउँपालिका वडा नं–५ आरुचौरको तालपोखरीमा विसं २०५७ साउन १८ गते लामिछाने जन्मिनु भएको थियो ।

बाल्यकालमा ‘सन्दे कान्छा’ उपनामले चिनिनु भएका सन्दीप पाँच सन्तान मध्ये कान्छा छोराको रुपमा रहनु भएका छ । भारतीय रेल्वे सेवामा कार्यरत पितासँगै भारतमा बाल्य शिक्षा प्राप्त गर्नु भएको सन्दीपले सोही ठाउँमा क्रिकेटसँग पहिलो परिचय लिनु भएको थियो ।

कक्षा–४ चारपछि नेपाल फर्किनु भएका उहाँ चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्कासँग प्रशिक्षण लिनु भएको थियो । सन् २०१६ (वि।सं। २०७३ वैशाख ४) मा नामिबिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नु भएका सन्दीपले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको थियो । विशेष गरी दायाँहाते स्पिन बलिङमा निपुण उहाँले ४२ खेलमै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान राख्नु भएको पाठ्यक्रममा समेटिएको छ ।

आईपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट खेल्नु भएका लामिछाने बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएई लगायतका टिमसँगको खेलमा निर्णायक भूमिका निर्वाह गर्दै उहाँले नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार