प्रकाश डोटेल
स्याङ्जा, २७ साउन । गएको आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जामा आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । पुतलीबजार र चापाकोटमा दुई/दुई जना बिरामी फेला पर्दा वालिङमा तीन जना कुष्ठरोगी फेला परेका हुन् ।


अघिल्लो वर्ष २०८०/०८१ पुतलीबजार, चापाकोट र वालिङ दुई/दुई जना गरी छ जना कुष्ठरोगका बिरामी भेटिएका थिए । जिल्लामा हाल नौ जना कुष्ठरोगले औषधी सेवन गरिरहेको प्रदेश जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत केशव चापागाईले बताउनुभयाे ।
जिल्लाका ११ मध्ये आठ पालिका भने कुष्ठरोगका बिरामी नभेटिएको चापागाईले बताउनुभयाे । कुष्ठरोग लागेका मानिसको छालामा छुँदा थाहा नपाउने, आँखी भौ सुनिने, कानको लोती बाक्लो हुने, स्नायु सुनिने र झमझमाउने जस्ता लक्षण देखिने चापागाईले बताउनुभयाे ।
रोग प्रकृति अनुसार छ महिनादेखि एक बर्षसम्म लगातार औषधी सेवन गरे पूर्णरुपमा निको हुने र औषधी स्वास्थ्य संस्थामा निःशुल्क पाइने गर्दछ । सरकारले कुष्ठरोग निवारण घोषणा १५ वर्ष पुगेको छ भने सन् २०३० सम्ममा कुष्ठ रोगलाई शून्यमा पु¥याउने लक्ष्य लिएको छ ।