झापा ,२८ साउन । झापाको दमकमा ११ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । दमक नगरपालिका-१० निवासी इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ७ बजे बालक धर्मेन्द्र सोही ठाउँका कृष्णप्रसाद ढकालको ११ वर्षीय छोरा भूपेन्द्र ढकालसँग भालु खोलामा पौडी खेल्न गएका थिए । त्यस क्रममा धर्मेन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए ।


बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।