सरकारको सुशासन कैलाली कारागारको घटनाले देखायो : अम्मरबहादुर थापा

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ साउन। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले सुरक्षा घेराभित्र रहेको कारागारमा जेलमा झडप भएको ४८ घण्टासम्म सुरक्षाकर्मी छिर्न नसक्नु कस्तो सुशासन हो ।  उहाँले सुरक्षा घेराभित्र हुने कारागारमा त सरकारले सुरक्षा दिन सक्दैन भने, बाहिर कसरी सुरक्षा छ, सुशासन छ भनेर हामीले कसरी पत्याउने भन्दै प्रश्न गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय