करोडौं तलब खाने बैंर्कर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

नविल बैंकका सिइओ मनोज ज्ञावलीले पत्रकार राजेन्द्र बानियाँको टेलिभिजन अन्र्तवार्तामा गरेको टिप्पणी चर्चामा छ । बानियाँको ‘यक्ष प्रश्न’ कार्यक्रममा ज्ञावलीले बोलेका शब्दहरु वास्तम्बमा प्रथम दृष्टिमै गलत छन् । कार्यक्रममा बैंर्कर ज्ञावलीले म क्षमतावान हुँ, क्षमताको आधारमा बर्षको ३ करोड तलब खान्छु । अहिलेका सरकारी कर्मचारीहरुको तलबभक्ता (मुख्य सचिबको तलब हाल ७६ हजार छ) भन्दा मेरो गाडी ड्राइभरको बढी छ भनेर अभिब्यक्ति दिएका थिए । लाखौं ग्राहक भएका नीजि क्षेत्रको एउटा अब्बल बैंकको सिइओले दिएको सो अभिब्यक्ति आयश जेसुकै भएपनि सुन्दैमा कर्कशलाग्दो छ । हो, ज्ञावली एउटा दुर्गम जिल्ला दार्चुलाबाट काठमाण्डौ आएर संर्घष गरेर नविल जस्तो बलियो संस्थाको नृतृत्वमा पुगेका छन् । त्यसकारण उनी ब्यक्तिगत रुपमा सफल छन् । उनको जुन ‘कन्फिडेन्स’ देखिन्छ, त्योपनि सह्रायिन छ । उनको उर्जा अझ तारिफयोग्य छ ।

युवाहरुलाई उनले उत्प्रेरणा जगाउँदै हिँडेका छन् । देशमै केही गर्नुपर्छ, विदेश त हिम्मत हारेकाहरु जाने हुन् भनेर जो उर्जा भर्ने काम गर्दै हिँडेका छन् त्योपनि प्रशंसनीय छ । तर राष्ट्रसेवक सरकारी कर्मचारीहरुमाथी लक्षित उनको अभिब्यक्ति भलाद्मी खालको छैन । किनकी पैसा मात्रै पनि केही होइन् जिन्दगीमा । पैसा हुँदैमा सबै मान्छे सफल दरिने पनि होइन । सबै मानिसका लक्ष्य र उदेश्यहरु एकैपनि हुदैनन् । महाकवी लक्ष्मीप्रसाद देवाकोटा, पारिजात वा नारायण गोपालहरु पैसा धेरै कमाएर अमर अजर भएका हुन् र ? अहिले सरकारी सेवामा सबै नराम्रा कर्मचारीहरु पनि त छैनन् । पढाइमा स्वदेश वा विदेशमा टप गरेका मात्र होइन् आफनो कर्मबाटै अब्बल उदाहरण पस्किएका धेरै मानिसहरु हरेक क्षेत्रमा छन् । उनीहरुले थोरै पारिश्रमिकमा काम गरे भनेर तपाइ जस्तो होनाहार युवा बैंकरले अभिब्यक्ति दिन मिल्दैन । यहाँ त हरेक पेसामा एक सय एक प्रतिभाशाली ब्यक्तिहरु छन् क्षमतावान ब्यक्तिहरु छन् कोही छायाँमा छ त कोही पर्दा अघाडी आइसकेका छन् । देशमा मात्र होइन् विदेशमा झन् बढी नेपालीहरुले तर्रक्की गरिरहेका छन् । राजनीतिमा पनि अहिले पढेलेखेका र अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरेका तथा नाम कमाएकाहरु आइसकेका छन् ।

देश अलिकति सिस्टममा नचलेर र चीन तथा भारत जस्ता छिमेकी देशहरुको भुराजनीतिक चलखेलमा परेर अग्रगमनमा जान नसकेको हो । देशमा हुदै नभएको पनि होइन् । तर जुनवेला विश्वव्यापिकरण र सुचना सञ्चारको भुमण्डलीकरणले उग्र रुप लिँदै थियो त्यसपछी विश्वसमुदाय नै एउटा सानो गाउँघर जस्तो भयो, हो त्यही बेला नेपालमा पनि पुर्वाधारको क्षेत्रमा राम्रै प्रगती हुँदै थियो । सन् १९८० को दशकबाट विश्वव्यापीकरण सुरु भयो र फलस्वरुप आर्थिक उदारिकरण, बजारीकरण र श्रम उदारीकरण जस्ता पक्षहरु उज्जागर हुँदै गयो । त्यसपछि डब्लुटीओ, अन्र्तराष्ट्रिय श्रम संगठन, दोहोरो कर मुक्ति सम्झौता, बहुराष्ट्रिय कम्पनीहरु, टे«ड युनियनको अधिकार जस्ता विषयहरुसँगै उठान हुदै गए । नेपालमा पनि त्यही ताका ०४८/४९ सालबाट उदारिकरण तथा नीजिकरणको नीति सरकारले लियो । एकैचोटी भएका त्यसखालका परिवर्तनपछी नेपाली युवाहरु बाहिरीएका हुन् । नेपालमा विकास हुदै नभएको होइन् । यहाँ अवसरहरु हुदै नभएका पनि होइनन् । तर अर्थशास्त्रीय भाषामा भन्दा तुलनात्मक लाभ र सुविधाभोगी जिन्दगी जिउने लालशाले युवाहरु बाहिरीएका हुन् । जे जति नेपालमा छन् उनीहरु स्वदेशमै केही गर्ने भनेर बसेका पनि हुन् । आज राष्ट्र सेवामा रहेकाहरु सरकारले जे जति पारिश्रमिक दिएको छ । त्यसमा सन्तुष्टी भएरै कार्यरत छन् । विदेशको कमाइ, ब्यापारबाट हुने कमाइ उनीहरुले थाहा नपाएका होइनन् ।

सरकारी नोकरी भनेको आर्थोपार्जनको माध्यम मात्र नभएर राष्ट्रसेवा पनि हुन् । राष्ट्रको सेवा गर्नेहरुले देशले जति दिनसक्छ, त्यसमा कम्प्रोमाइज गर्ने हो । अहिले तपाइको गाडी डाइभरको भन्दा बढी तलब कर्मचारीललाई सरकारले दिनै सक्दैन । किनकी सरकारको राजस्व आम्दानी नै बार्षिक १०/११ खर्ब भन्दा माथी छैन । बाँकी भनेको ऋणपान र विदेशीले गर्ने अनुदान सहयोगको भरमा मुलुकको आय ब्यय व्यवस्थापन हुने हो । सरकार भनेको नीजि क्षेत्र भन्दा जहाँको पनि गरिव नै हुने हुन्छ । उसले विकास निर्माणको, रोजगारीको वा आर्थिक उन्नयनको लागि राम्रा नीतिहरु ल्याएर वातावरण तयार गर्ने हो । आफैले सबथोक गर्ने होइन । त्यसकारण सबै दोष सरकार र कर्मचारीलाई थापरेर पनि त हुदैन । एउटा देश बन्न हरेक नागरिकको भुमिका र चेतना उत्तिकै जिम्मेवार हुन्छ । अहिले नेपालमा कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत सरकारी ऋणभार छ । विकासशील देशका लागि ऋणको सही सदुपयोग हुने हो र समाजिक रुपमा त्यसको अडिट पनि हुने हो भने त्यो धेरै पनि होइन । जस्तो कि सम्पन्न भनिएका देशहरु अमेरिकाको सरकारी ऋण जिडीपीको ११८ प्रतिशत, चाइनाको ८४ प्रतिशत, जापानको २५६ प्रतिशत, बेलायतको ९९ प्रतिशत र फ्रान्सको १०९ प्रतिशत रहेको छ । अरु पनि देशहरुको सरकारी ऋण धेरै नै भएकाहरु छन् । जुन देशलाई नागरीकले, विदेशी वित्त कम्पनीहरुले ऋण पत्याउँछन् तीनको ऋणको आयतन पनि बढी देखिन्छ । यत्ति हो, तिनीहरुले ऋण उठाएर नागरिककै लागि लगानी गरेका छन् । त्यसले के देखाउँछ भने संसारका धेरै देशका सरकारहरु ऋणी छन् आर्थिक दृष्टिकोणले गरिव पनि छन् । तर सरकार गरिव भएपनि नागरिकहरु धनी छन् । देश धनी छ । सरकारले आफु गरिव भएर नागरिक धनी बनाउने नीति लिएका छन् । नेपालमा पनि जिडीपीको ४० प्रतिशत ऋण भइसक्यो, अब कसरी होला विकास भनेर भयो र ? सही ठाउँमा लगानी गर्नका लागि सरकारले ऋण नउठाइ हुदैन पनि ।

अर्को कुरा ज्ञावली सरले जसरी सरकारले केही गरेन फलस्वरुप देश खत्तम भयो भन्याजस्तो भाव प्रकट गर्नुभयो । हो, सरकार त धेरै अलमलमा पर्यो । भष्टाचार, अनियमितता र छाडापनको भुमरीमा पर्यो । तर तपाइ जस्ता बैंर्करहरुले नेतृत्व गरेको बाणिज्य बैंकहरुमा जनताको खरबौं निक्षेप जम्मा भएका छन् । पैसाको बागडोर तपाइहरुकै हातमा छ । तर ती पैसाहरु उत्पादनमुखी ठाउँमा लगानी गर्ने दुरदर्शी सोच बैंर्करहरुसँग किन भएन ? किन बैंकहरु अल्पकालिन अस्वस्थ प्रतिस्पर्धामा तल्लिन रहे ? अस्वरुथ्य प्रतिस्पर्धाकै कारण तपाइहरुले लगानी गरेको धेरै रकम अहिले खराब कर्जामा दर्ज भएको छ । विगतमा घरजग्गा क्षेत्रमा गएको आवश्यकता भन्दा बढी लगानीले अहिले बैकिग क्षेत्र समस्यामा छ । तरलता १० खर्ब पुगिसक्दा पनि अहिले लगानी बढ्न सकेको छैन । बैंकहरु लगानी गर्नै करिव तर्सिएको अवस्था छ । पैसा जति धेरैजसो गाडीघोडा, इलेक्ट्रिीक समान तथा आयात बढाउने कुरामा लगानी गर्नु भएको छ । अनि त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुराको तपाइहरुलाई मतलव छैन । मतलब छ त केवल नाफा बढाउने र बैंकहरुको अल्पकालिन सुचकहरु राम्रो बनाउने कुराको । केही दिन अघि कृषि विकास नाम गरेको एउटा बैंकको सिइओले सार्वजनिक रुपमा भन्दै थिए अटोमोबाइल गएको ऋणमा खराबकर्जा कम छ । नाम कृषि विकास बैंक, अनि प्रशंसा विलाशी गाडी आयात गरेर देशको ब्यापारघाटा बढाउने र अर्थतन्त्र खोक्रो बनाउने क्षेत्रको । त्यसले पनि बैंर्करहरुको प्राथमिकता के छ प्रष्ट हुन्छ ।

तपाइहरुले जुन प्राथमिकताका साथ आयातमुखी ब्यापार, घरजग्गामा लगानी गर्नु भएको छ, हो त्यहि कुराले हो देशलाई परनिर्भर बनाएको । अर्थतन्त्रलाई स्वाभलम्बी, आत्मनिर्भर बनाउने कुरामा पुँजीको बागडोर सम्हालेर बसेका बैंकहरुको भुमिका हुन्छ कि हुदैन ? दुरदर्शी रुपमा आत्मनिर्भरता बढाइने कुरामा लगानी गार्द भोली आर्थिक गतिविधि बढेर बैंकहरुलाई नै कालान्तरमा फाइदा हुने त हो ।

त्यो खालको भुमिका निभाएको भए देशमा केही गर्न खोज्ने युवाहरुले, किसानहरुले यहीँ केही गर्थे र रोजगारी पाउँथे कि ? अर्थतन्त्र पनि बलियो हुन्थ्यो । सरकारको राजस्व आम्दानी पनि बढ्थ्यो । फलस्वरुप कर्मचारीहरुको तलब तपाइको डाइभरको भन्दा बढी पनि हुन्थ्यो होला । त्यसकारण यो देश बन्नु र नबन्नुमा जिडिपीमा ८५ प्रतिशत हिस्सा रहेको नीजि क्षेत्रका ठुला संस्थाहरुको पनि उत्तिकै योगदान हुन्छ । ब्यक्तिको त हुन्छ संस्थाहरुको नहुने हुन्छ ? तपाइ जत्तिको जिम्मेवार बैंर्करले त्यो पदमा रहेर भावावेशमा अरुलाई गाली गर्ने होइन् देशलाई कसरी सही हिसावले ड्राइभ गर्ने कुरामा आफनोतर्फबाट गर्न सकिने पहल लिने हो । तपाइले न कर्मचारीलाई अपमान गरेर देश बन्छ न त राजनीति गर्नेहरुलाई गाली गरेर देश बन्छ । अझ तपाइ त उत्प्रेरणा जागरिककर्ता समेत हुन्नुहुन्छ । तपाइले युवाहरुलाई सकारात्मक सन्देश दिनुपर्छ । घमण्ड र ताजुक देखाउने भनेको मुर्खले मात्र हो । फलेको हाँगो जहिल्यै निहुरिन्छ । तपाइ एउटा होनाहार युवा नेतृत्व हो । भविष्यमा तपाई जत्तिको वाकपटुता भएको र फरवार्ड ब्यक्ति नीजि क्षेत्रको एउटा संस्थामा सिमित हुनुहोला भन्ने मलाई लाग्दैन । तपाइ देशकै नेतृत्वमा पनि पुग्न सक्नुहुनेछ । तर तपाइले आफनो दृष्टिकोणलाई फाराकिलो बनाउँदै, जिम्मेवार बनाउँदै लैजान जरुरी छ । अघाडी बढ्ने मानिस फराकिलै हुनुपर्छ ।

तपाइले खाने तलब तपाइ भन्दा पनि धेरै विद्धवान प्राध्यापक, वैज्ञानिक, कलाकार, डाक्टर वा अनेक पेशाकर्मीहरु नखालान् । तर के ती सब असक्षम हुन त ? हैनन् नी । समाजमा कुनैपनि पेसा र कर्मले दिने योगदानलाई मौद्रिक मुल्यमा दाँजेर मात्र हुदैन नी सर ।

के समाजलाई डाक्टर, प्राध्यापक, शिक्षक, ब्यापारी, समाजसेवी, लेखक, पत्रकार, कलाकर्मी, किसान, मजदुर, चाहिँदैन ? सबै चाहिन्छ नि । जोगि त चाहिन्छ । अझ जोगीबाट त त्यागको सर्वोच्च शिक्षा लिन सकिन्छ । तर ती सबै आयामहरुमा उत्तिकै पैसा र प्रतिष्ठा हुन्छ भन्ने छैन नी ज्ञावली सर । अनि के ती सबै नाकाम भए त ? त्यसकारण आफ्नो बन्दै गरेको अग्लो हाईटलाई आफनै बोलीबाट नघटाउनुस् डियर सर । बाँकी त तपाइलाई अझै बढी प्रगतीको अशिम शुभकामना ।

रिसव गौतम
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय