एमसीसी नेपालको हित प्रतिकूल : पूर्वप्रधानमन्त्री खनाल

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन् । नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको उनको आशंका छ ।

एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढंगबाट अनुमोदन भएको भन्दै खनालले यस सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको टिप्पणी गरे । संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत बताए ।

पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दु:ख भोग्नुपरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय