जेसिजको आयोजना गल्याङमा रक्तदान कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा १४ फागुन । गल्याङ जेसिजको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको प्राबिधिक सहयोगमा स्याङ्जाको गल्याङ बजारमा सनिबार रक्तदान कार्यक्रम सम्पन्न सप्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गल्याङ नगरपालिका वडा न ३ का अध्यक्ष तथा नेपाली काँग्रेस प्रदेश ख स्याङ्जा क्षेत्र न २ का सभापति महेश प्रसाद भट्टराईले गल्याङ जेसिजले समाज रहेका हरेक समुदाय संग सहकार्य गर्दै सामाजिक कार्यमा अग्रसर भएकोमा धन्यवाद दिनु भयो । कार्यक्रममा गल्याङ उद्योग बाणिज्य सघका अध्यक्ष यज्ञ प्रसाद अर्याल , नेपाल मगर सघ गण्डकी प्रदेश का उपाध्यक्ष चन्द्र राना मगर, लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष किसान श्रेष्ठ , गल्याङ जेसिज २०२२ का बोड सल्लाहकार दर्बेन्द्र देब खनाल , लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाका क्याम्प कोडिनेटर तिलक राम घिमिरे लगाएतले शुभकामना दिनु भएको थियो ।

रक्त दान कार्यक्रम मा ३६ युनिट रगत सङ्कल गरिएको छ । गल्याङ जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि बिष्णु अधिकारीले सभापतित्वा गर्नुभएको गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक प्रेमनारायण रेग्मीले र संचालन गल्याङ जेसिज बर्ष २०२२ को महासचिव प्रतिमा भट्टराई बस्यालले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार