काठमाडौँ, ३० फागुन । उन्नाइस वर्षमुनि(यू–१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश नं १ को सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्र्धा गर्नेछन् । चैत ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ