तिलोत्तमा काङ्ग्रेसबाट मेयरका उम्मेदवार को को ?

२०७८ चैत्र ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

बुटवल,३ चैत। सरकारले स्थानीय तहको निर्वाचनको मिति २०७९ साल बैसाख ३० गतेलाई घोषणा गरे संगै चुनाबी सगर्मी पनि निकै ताँतेको देखिएको छ। सरकारमा रहेका गठबन्धनको दलहरु चुनावमा के कसरी जाने हुन अहिले सम्म औपचारिकरूपमा कुनै पार्टीले निर्णय गरिसकेको अवस्था भने छैन। तर, पनि पार्टीका आकांक्षी उम्मेदवारहरुले सक्रियता बढ़ाएका छन। यसै क्रममा हेर्ने कुरा अनलाइनले रूपन्देही जिल्ला अन्तर्गत तिलोत्तमा नगरपालिका भित्र नेपाली कांग्रेसका मेयर पदका प्रमुख उम्मेदवार कोको हुन भनेर सर्वेक्षण गर्दा रोमणी प्रसाद पाठक, कुल प्रसाद लामिछाने, चित्र बहादुर के.सी.,नारायण न्यौपाने माधव प्रसाद भण्डारी रहेको बुझियो।

विगतको चुनावमा अहिलेका बहालवाला रूपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँण एमालेका उम्मेदवार बासुदेब घिमिरे संग पराजित हुनुभएको थियो । अहिले सभापति खाँणले कुनै तहको निर्वाचनमा उम्मेदवार नहुने र जिल्ला भित्र रहेका सबै तहमा पार्टीका उम्मेदवारलाई जिताऊँन सक्रिय भूमिका निर्वाह गर्ने भनेर घोषणा गरिसकेका कारण उहाँले अभिभावकको भुमिका निर्वाह गर्ने देखिन्छ ।

१. रोमणी पाठक

रोमणी पाठक रूपन्देही कांग्रेसका पुराना नेता हुनुहुन्छ । उहाँ २०७४ सालको चुनावमा पनि मेयरको आकांक्षी हुनुहुन्थ्यो । पाठक १४ औ महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित हुनुहुन्छ ।

 

 

२. कुल प्रसाद लामिछाने

कुल प्रसाद लामिछाने शान्ति माबिको प्रधानाध्यापक र नेपाली कांग्रेस महासमिति सदस्य पनि हुनुहुन्छ । उहाँको शिक्षा क्षेत्र तर्फ अलि दख्खल र प्रभाव छ।

 

 

३. चित्र के.सी.

चित्र के.सी.को राजनीति बिधार्थी जीवन देखि शुरू गरेको र अलि कुशल संगठन कर्ताको रूपमा लिने गरिएको छ। बौद्धिक, ईमानदार र मिलनसार पात्रको रूपमा लिने गरिंछ। केसी पनि नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्छ ।

 

४.नारायण न्यौपाने

नारायण न्यौपाने तिलोत्तमा नगरपालिका वार्ड नम्बर-९ का वार्ड अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको १४औ महाधिवेशनमा नगर सभापतिमा हरिलाल पाण्डेयसंग पराजित हुनुभएको थियो ।

 

 

५. माधव भण्डारी

माधव भण्डारी उद्योग वाणिज्य संग तिलोत्तमाको अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको संगठन भन्दा व्यावसायिक क्षेत्रमा आवद्द हुनुहुन्छ ।

 

 

रोमणी पाठक, चित्र के.सी. ,नारायण न्यौपाने र कुल प्रसाद लामिछाने इतर पक्ष शेखर समूहमा देखिनुहुन्छ भने माधव भण्डारी सस्थापन पक्ष देउबा समूहमा देखिनुहुन्छ । पार्टीमा सहमतिको आधारमा टिकट दिएको बखतमा जुनसुकै उम्मेदवारले पनि चुनाव जित्न सक्ने अपेक्षा आम कार्यकर्ताले गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार