गल्याङका काङ्ग्रेसीहरु चुनाव केन्द्रित, काठमाडौमा सकृय हुँदै

२०७८ चैत्र १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ १२, चैत । बैशाख ३० मा हुन लागेको स्थानीय चुनाव केन्द्रित भएर स्याङ्जा जिल्ला गल्याङ नगरपालिका घर भइ काठमाडौ बस्दै आएका नेपाली काङ्ग्रेस समर्थकहरु सकृय भएका छन् ।

गल्याङ नगरपालिकाका काङ्ग्रेस समर्थकहरु आज भृकुटीमण्डपमा भेला भएर चुनाव केन्द्रित कार्यक्रम तय गरिएको स्याङ्जा काठमाडौ नेपाल बिद्यार्थी संघका पुर्व सभापति दिपक न्यौपानेले जानकारी दिनुभयो । गल्याङ देखि काठमाडौ बस्दै आउनु भएका नेपाली काङ्ग्रेस आस्थावनहरुलाई चुनाव कसरी सहभागी गराउन सकिन्छ भन्ने उदेश्यले भेलाको आयोजना गरिएको उहाँले बताउनुभयो ।

उद्योग बाणिज्य संघ गल्याङका सदस्य ऋषि बस्यालले काङ्ग्रेसले जितेको नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हुन सक्ने तर कम्युनिस्टले जितेको हाम्रो नगरपालिकामा जनताको आभास हुनेगरी कुनै परिवर्तन हुन नसकेको धारणा राख्नुभयो । कम्युनिस्टलाई बिचार गरेका नगरवासीले एक पटक अब काङ्ग्रेसलाई नेतृत्व सुम्पन्ने बेला आएको धारणा राख्नुभयो । उक्त भेलामा नेपाल विद्यार्थी संघ पुर्व सह महामन्त्री कल्पना न्यौपानेले, प्रदेश प्रतिनिधि पदमा भुसाल लगायतको उपस्थिति रहेको थियो ।

भेलाले स्थानीय चुनाव केन्द्रित भएर आगामी सनिवार काठमाडौमा एक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रम गर्ने जिम्मेवारी भुवन न्यौपाने, उमेश भट्टराई, डोलराज बस्याल र सुयोग चापागाईं लाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार