गल्याङ नगरपालिकामा काङ्ग्रेसबाट झण्डै एक दर्जन उम्मेदवार

२०७९ बैशाख ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ३ बैशाख । बैशाख ३० मा हुन लागेको स्थानीय चुनावका लागि गल्याङ नगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट झन्डै एक दर्जन उम्मेदवारले इच्छा व्यक्त गरेका छन ।

शुक्रबार नेपाली काङ्ग्रेस गल्याङ नगर कार्यसमितिले बिपि स्मृति भवन बल्पुकमा एक कार्यक्रमको आयोजना गरि गल्याङ नगरपालिकाको लागि मेयर तथा उपमेयरको लागी इच्छुक ब्याक्तीको नाम संकलन गरेको थियो । संकलन गरिएको नाममा ११ जना मेयरमा र ४ जनाको उपमेयरमा इच्छा व्यक्त गर्नुभएको छ ।

मेयरको इच्छा व्यक्त गर्नेमा नेपाली काङ्ग्रेस गल्याङ नगर कार्यसमितिका सभापति श्याम प्रसाद बस्याल,महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ,नेपाली काङ्ग्रेस जिल्ला सचिव गुरु प्रसाद भट्टराई,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य ध्रुव शर्मा पङेनी, पुर्व महासमिति सदस्य लाल गोपाल अर्याल,नेपाली काङ्ग्रेस गल्याङ नगर उपसभापति भेक प्रसाद श्रेष्ठ, पुर्व महासमिति सदस्य हरिलाल खनाल,नेपाली काङ्ग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य बुद्धि सागर भण्डारी, पुर्व समिति सदस्य श्याम प्रसाद भण्डारी,नेपाली काङ्ग्रेसका युवा नेता एस.बि. खड्का (सुनिल) रहनु भएको छ ।

त्यस्तै उपमेयरको आकाङ्क्षीमा महासमिति सदस्य खगिसरा भण्डारी, काङ्ग्रेस नेत्री उमा श्रेष्ठ, काङ्ग्रेस नेत्री हेमा न्यौपाने, नेपाली काङ्ग्रेस गल्याङ नगर कार्यसमिति सदस्य विष्णु खनाल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय