गल्याङ नगर प्रमुखमा ८ को उम्मेदवारी, यस्ता छन् योजना र एजेन्डा

२०७९ बैशाख २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

स्याङ्जा, २० बैशाख । २०७४ को स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको थियो ।

गल्याङ नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भूपराज अधिकारीले ८३६८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका लाल गोपाल अर्यालले ६०६२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लोकेन्द्र तराङले १३८१, र राष्ट्रिय जनमोर्चा पार्टीका विष्णु प्रसाद गैह्रैले ३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लेमकला भट्टराई ३६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की देवीसरा थापाले ८४१९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी खगीसरा भण्डारीले ५९७६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की  रीता खनालले १२२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज न्यौपानेले ११५, र राष्ट्रिय जनमोर्चा पार्टीकी तुलसा देवी पराजुली ७५ मत ल्याउनुभएको थियो ।

११ वडा रहेको गल्याङ नगरपालिकाकोे वडा नं १, २, ४, ६, ७ र ११ गरी छ वटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले र ३, ८, ९ र १० गरी चारवटा नेपाली काँग्रेसले र वडा नं ५ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको थियो ।

गल्याङ नगरपालिकाको वडा नं १ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले)का गणेश प्रसाद बस्यालले ८३० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका शालिक राम बस्यालले ६४८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमाखर पाण्डेले ३५ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं २ नेपाली कम्युनिष्ट पार्टी (एमाले) का इवप्रसाद कर्माचार्यले ८७४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका धन बहादुर थापाले ६७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तिर्थ बहादुर रानाले २२२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका  देवी प्रसाद कर्माचार्यले ४ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका महेश भट्टराईले ६६२  मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का भेमलाल अर्यालले ५८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अर्जुन प्रसाद श्रेष्ठले ४२, राष्ट्रिय जनमोर्चा पार्टीका तिल कुमारी भण्डारीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनिकला बस्यालले १८ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ४ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेत्रप्रसाद पाण्डेले ६४६ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका ढाकाराम न्यौपानेले ६४० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  भोजराज पाण्डेले १०० मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णु बहादुर बसेल क्षेत्रीले ४३५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का घनश्याम भट्टराईले ४०९, नेपाली काँग्रेसका भुम बहादुर रखालीले २४६ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ६ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) टिकाराम भुसालले ७०९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका सीता चापागाईले ४३९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का एक नारायण तिवारीले ७१ र राष्ट्रिय जनमोर्चा पार्टीका अग्नीप्रसाद चापागाईले १३ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ७ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का राम बहादुर गुरुङले १७७० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका गो कृष्ण पाण्डेले ३८४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का टिकाराम भण्डारीले ३४ र गौ माया रानाले ६ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ८ मा नेपाली काँग्रेसका भेक बहादुर श्रेष्ठले ६०४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्र बहादुर रानाले ४१८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  केदारनाथ अधिकारीले २९ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ९ मा नेपाली काँग्रेसका हरीलाल खनालले ७३७ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का हिरामणी भण्डारीले ५२८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का निमप्रसाद खनालले १७९ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं १० मा नेपाली काँग्रेस धुव्रप्रसाद शर्माले ४११ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्र बहादुर गाहाले २७२ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ११ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का शंकरदेव अधिकारीले ११०१ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका देउ बहादुर सोमै मगरले ८३६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम अधिकारीले ११२ र स्वतन्त्रका उदयराज अधिकारीले २८ मत ल्याउनु भएको थियो ।

गल्याङ नगरपालिकाका हालका मेयरका उम्मेदवारहरु

गुरुप्रसाद भट्टराई : नेपाली काङ्ग्रेस

नेपाली काङ्ग्रेस बाट गल्याङ नगरपालिका को मेयर को उम्मेदवार गुरुप्रसाद भट्टराई नेपाली कांग्रेस स्याङ्जा जिल्ला कमिटीका सचिब समेत हुनुहुन्छ । चर्चित युवा नेता सानै उमेरमा विद्यार्थीकाल देखि नै संगठनमा निरन्तर खटिनुभएका गल्याङ  ३, सिम्लेका शालिन, भद्र, बौद्धिक , तर्कशील,निडर र जनताको हरेक सुख दुस्खको साथी बन्दै आउनुभएका भट्टराई  स्थानिय जनताको बीचमा निकै लोकप्रिय बन्नुभएकाे छ । रहेका भट्टराई विगत लामो समयदेखि विभिन्न संघसस्थामा आबद्ध रहदै थुप्रै विकासका कामहरु गर्दै आएका छन्। उनको लगनशीलता,दक्षता र कार्यकुशलताले उनि प्रत्येक वडाका हरेक गतिविधिमा आफु र आफ्नो टिमलाई खरोरूपमा उतार्ने गरेका छन्। कांग्रेसको तल्लो तह देखिको नेतृत्व गर्दै आएका उनि केहि न केहि फरक विकासका कार्यहरु गर्दै आएका छन। उनलाई यस क्षेत्रमा भिजन भएको नेतृत्वको रुपमा जनताले हेर्ने गरेका छन ।

सुर्य प्रसाद गैरे (पारस) : नेपाल कम्युनिस्ट पार्टी एमाले

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गल्याङ नगरपालिकामा मेयरको रूपमा उम्मेदवार सुर्य प्रसाद गैरे (पारस) नेकपा एमालेको जिल्ला अध्यक्षमा भारी मतकासाथ बिजय हुनुभएका युवा नेताका रूपमा चिनिनुहुन्छ । चर्चित युवा नेता निरन्तर संघसंगठनका लागि खटिएका गल्याङ ९ गेजा माझथर का शालिन, बौद्धिक , तर्कशील,निडर र गरिब निमुखाहरुको हरेक सुख दुस्खको साथी बन्दै आउनुभएका गैरे नेकपा माओवादी,नेकपा हुँदै हाल आठौ जिल्ला अधिबेशन बाट दुई तिहाइ मतका साथ नेपाल कम्युनिस्ट पार्टी एमालेकाे जिल्ला कमिटीको अध्यक्ष मा निर्वाचित गैरे गत निर्वाचनमा प्रदेश साम्सद पदमा स्याङ्जा क्षेत्र नम्बर २ “ख” मा झिनो मतकाले पराजित हुनु भएकाे थियाे । युवाका ढुकढुकीका नेता पनि भनेर चिनिनु भएका उहाँ स्थानिय जनताको बीचमा निकै लोकप्रिय रहनुभएको छ ।

घनश्याम भट्टराई : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र

जनयुद्धकालमा माओवादीका भूमिगत नेताकार्यर्तालाई सेल्टर दिने र सहयोग गर्ने क्रममा माओवादीले उठाएका मुद्धा र एजेन्डाबाट प्रभावित भएर माओवादी प्रति आर्कषित भएर वि.सं. २०५८ सालमा माओवादीको सदस्यता लिएर ,बैदेशिक रोजगार संगै राजनीति गर्दै आउनु भएका घनश्याम भट्टराई नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट गल्याङ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार हुनुहुन्छ । गल्याङ नगरपालिका ३ लल्याङ घर भएका भट्टराई भन्नुहुन्छ “मान्छेको पेसा छैन, व्यावसाय छैन, जनप्रतिनिधि बनेर भष्ट्राचार गर्ने मानसिकता पालेर राजनीतिलाई व्यावसाय बनाएको छ । त्यसको विरुद्ध आम युवा सचेत भएर राजनीतिलाई विशुद्ध सेवाको रुपमा विकसित गर्न म मेयरको उम्मेदवार बनेको हुँ ।”

बिजय बस्नेत :  राप्रपा

भ्रष्टाचार समाज बिकासको प्रमुख बाधक हो भनेर भ्रष्टाचार नगर्ने संकल्प सहित राप्रपा बाट गल्याङ नगरपालिकाको मेयरको उम्मेदवार बन्नु भएका बिजय बस्नेतले नगर प्रमुखमा बिजय भएपछि भ्रष्टाचार नगर्ने संकल्प गर्नुभएको छ । गल्याङ नगरपालिका १० खस्कुना घर हुनुभएका बस्नेत राजेन्द्र लिङ्देन भ्रष्टाचार गर्ने प्रतिबद्धता बाट प्रभावित भएको बताउनु भएको छ ।

मौलिक जरो किलो : कमल न्यौपाने

अन्य राजनैतिक दल भन्दा फरक सन्देश लिएर उदाएको मौलिक जरोकिलो पार्टीले गल्याङ नगर प्रमुख र उपप्रमुख सहित विभिन्न पदमा उम्मेदवारी दिएको छ । उक्त पार्टीको नेतृत्व गर्दै गल्याङ नगर प्रमुखको रुपमा कमल न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

वैदेशिक रोजगारीको क्रममा ५ बर्ष कोरिया बिताउनु भएका न्यौपाने बिदेशको प्रबिधिलाई नजिक बाट निल्याल्नु भएको छ । बिदेश प्रबिधिलाई बुझ्नु भएका न्यौपानेले गल्याङ नगर पालिकाको प्रमुखमा बिजय हुनसाथ विपिन्न घर परिवारलाई कम्प्युटर र घरमै स्वास्थ सेवालाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ।

गल्याङ नगरपालिका २ बलाम देविथान घर हुनुभएका न्यौपाने ३५ बर्षको उमेरमै नगर बदल्ने अठोटका साथ अगाडि बढेकै कारण अब्बल युवा नेताको रूपमा परिचीत हुनुहुन्छ ।

लेमकला भट्टराई : नेपाली काङ्ग्रेस बि.पि.

यस अघिको स्थानीय निर्वाचनमा राप्रपा बाट गल्याङ नगरपालिकाको मेयरको उम्मेदवार बनेर जम्मा ३६ मत प्राप्त गर्नु भएकी लेमकला भट्टराईले यस पटकको निर्वाचनमा नेपाली काङ्ग्रेस बि पि को तर्फबाट गल्याङ नगरपालिका प्रमुख पदको उम्मेदवारी दिनुभएको छ ।

हरि प्रसाद भण्डारी : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी

करिब ४० बर्ष देखि निरन्तर राजनितीमा सक्रिय हुँदै आउनु भएका हरि प्रसाद भण्डारी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट गल्याङ नगर प्रमुखको उम्मेदवार हुनुहुन्छ । गल्याङ नगरपालिका ११ गल्कोट घर भएका भण्डारी लामो समय प्रवास संगठनमा रहेर काम गर्नुभएको थियो । गल्याङ नगरपालिकाको लथालिङ्ग अवस्था देखेर नगरपालिका बदल्नको लागि उम्मेदवारी घोषणा गर्नुभएका भण्डारीले आफ्नो नेतृत्वमा भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लोक बहादुर पल्ली : मंगोल नेसनल अर्गनाइजेसन

गल्याङ नगरपालिकाको नगर प्रमुखमा मंगोल नेसनल अर्गनाइजेसन बाट नगर प्रमुखको उम्मेदवार बन्नु भएका लोक बहादुर पल्लीले आफुहरुको पहिचान स्थापित गर्न उम्मेदवारी दिएको बताउनु भएको छ । गल्याङ नगरपालिका १ बोझादी घर भएका पल्ली मंगोल नेसनल अर्गनाइजेसन गल्याङ नगरपालिका १ का अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय