तारा एयरको विमान मुस्ताङको लेते डाँडामा दुर्घटना

२०७९ जेष्ठ १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको लेते भन्ने डाँडामा दुर्घटना ग्रस्त भएको आशंका गरिएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको केहीबेरमै सम्पर्क विहिन बनेको थियो ।

उक्त विमान लेते भन्ने डाडाँमा दुर्घटना भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार घटना भएको भनिएको ठाउँतिर प्रहरीको टोलि पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले घटनाको कुनै पुष्टि भइनसकेको बताए । उनले भने, ‘पुष्टि हुन सकेको छैन, बुझ्ने काम भइरहेको छ ।

विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल थिए । विमानमा अन्य यात्रु १६ नेपाली र ६ विदेशी सवार भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय