चापाकोटको विकासका लागि कालीगण्डकी-२ आयोजना आवश्यक : मोहन पाण्डे

२०७९ जेष्ठ १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १६ जेठ । चापाकोटको विकासको लागि विगत देखि चर्चा हुँदै आएको ८७० मेगावाटको जलाशययुक्त कालीगण्डकी – २ आयोजना लाई अगाडी बढाउनुपर्ने सांसद मोहन पाण्डेले बताउनु भएको छ । चापाकोट नगरपालिकाले आइतबार काठमाडौमा गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँको यस्तो धारणा राख्नुभएकाे हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध विषय विज्ञले चापाकोटको समुन्नति र विकासका लागि अवधारण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले निर्वाचित जनप्रतिनिधिलाई योजना वद्ध ढंगले अगाडि बढ्न आग्रह गर्दै आफूहरुले चापाकोट नगरपालिकाको विकास निर्माणको काम सहयोग गर्न सधैँ तयार भएको बताउनुभएको थियो ।

सहभागीहरुले चापाकोटमा करोडौँका विकास निर्माण योजनाहरु गएको स्थानीय सरकारले विभिन्न बाहानामा फ्रिज बनाएको भन्दै स्थानीय सरकारले फराकिलो मन बनाउँदै राजनीतिक विचारको आधारमा विभेद नगरी अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

सांसद मोहन प्रसाद पाण्डेको प्रमुख अतिथिमा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, एआइजी मकुन्द आचार्य, अर्थमन्त्रालयका सहसचिव महेश भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य किशोर मल्ल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य ताज महम्मद मिँया, नेपाल सुशासन पार्टीका केन्द्रीय महासचिव गोविन्द गिरी, राप्रपाकी मुन शाह, नेपाली काँग्रेस चापाकोटका नगर सभापति विक्रम सारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख इशा रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय